PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

कालीमाटीका प्रहरीहरुको थ्रोट स्वाब संकलन सुरु, ९० प्रहरीलाई पहिलो चरणमा जाचिँदै

कालीमाटीका प्रहरीहरुको थ्रोट स्वाब संकलन सुरु, ९० प्रहरीलाई पहिलो चरणमा जाचिँदै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई जना प्रहरी कोरोना संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएका प्रहरीको कोरोना टेष्ट सुरु भएको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटी र सम्बन्धित प्रभागका प्रहरीहरुको कोरोना भाइरस टेष्ट गर्न थालिएको हो। वृत्तमा रहेका ९० प्रहरीलाई पहिलो प्राथमिकतामा राखेर टेष्ट गर्न थालिएको छ।

'संक्रमितसँग सम्पर्कमा रहेका प्रहरीहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण सुरु भएको छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले भने।

वृत्तमा रहेका प्रहरीमा कोरोना देखिएपछि अहिले वृत्तलाई सिल गरिएको छ। कालीमाटी क्षेत्रमा अहिले नेपाल प्रहरीको उपस्थित कम देखिएको छ। सशस्त्र प्रहरी भने ड्युटीमा खटिएका छन्।

चार दिनअघि भएको परीक्षणमा प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको थियो। उनीहरु कालीमाटीको व्यारेकमा बन्दै आएका छन्। उनीहरुसँग डियुटीका क्रममा सम्पर्कमा आएका प्रहरीहरु अहिले टेष्ट गराउन टेकु पुगिरहेका छन्।

वृत्तमा महिला सेल, ट्राफिक कार्यालय समेत रहेको छ। ४ दिनअघि १९ जना प्रहरीको कोरोना परीक्षण गरिएको थियो जसमा २ जनामा पोजेटिभ रिपोर्ट आएको हो। करिब २ सय जना प्रहरीसँग उनीहरु सम्पर्कमा आएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। उनीहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिँदैछ।

'त्यहाँका प्रहरी क्वारेन्टाइनमा रहनुपर्ने भएपछि त्यहाँ अन्तैबाट व्यवस्थापन गरिने छ,' पोखरेलले भने।



ट्रेन्डिङ पोस्ट

Ncell