PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चलचित्र पत्रकारिता दिवस : स्थगित भयो विशेष समारोह, 'भर्चुअल्ली' अन्तर्क्रियामा पत्रकारहरु



पहिलोपोस्ट

चलचित्र पत्रकारिता दिवस : स्थगित भयो विशेष समारोह, 'भर्चुअल्ली' अन्तर्क्रियामा पत्रकारहरु

बुधवार २१ औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस हो। नेपाल चलचित्र पत्रकार संघले हरेक वर्ष समारोह आयोजना गरी वार्षिकोत्सव मनाउने गर्थ्यो। यस वर्ष भने उक्त समारोह स्थगित भएको छ। संघका सदस्यहरु भर्चुअल्ली अन्तर्क्रिया गरेर वार्षिकोत्सव मनाउँदै छन्।

अनलाइन एप 'जुम'मार्फत् 'आजको आवश्यकता, सहि सूचनासहितको व्यवसायिक पत्रकारिता' भन्ने नाराका साथ छलफल हुन लागेको हो। कोरोना भाइरस संक्रमणको जोखिम रोक्न र लकडाउन मर्यादित ढङ्गले पालना गर्ने भन्दै छलफलका लागि डिजिटल प्ल्याटफर्मको प्रयोग गरिए संघका अध्यक्ष दिनेश सिटौलाले जानकारी दिए। भने,'भर्चुअल्ली कार्यक्रम गर्नुलाई बाध्यताभन्दा पनि जिम्मेवारीका रुपमा लिएका छौं। अवस्था सामान्य भए पछि मात्र सभा समारोह आयोजना गर्नेछौं।'

चलचित्र पत्रकारिता दिवसको अवसरमा संघले दिन दुई जना चलचित्र पत्रकारलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जना सक्रिय पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार र एक जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित गरिँदै आएको थियो। कोरोना भाइरसविरुद्ध सावधानी अपनाउँदै युस वर्षको सम्मान कार्यक्रम पनि स्थगित भयो।

अर्को वर्ष पुरस्कार रकममा बढोत्तरीका साथ मोफसलबाट पनि थप एक जनालाई 'मोफसल चलचित्र पत्रकारिता पुरस्कार' प्रदान गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell