PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

नयाँ नक्सालाई लिएर वामदेवको बयान : देवत्वकरण नगरौं



पहिलोपोस्ट

नयाँ नक्सालाई लिएर वामदेवको बयान : देवत्वकरण नगरौं

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नयाँ नक्सा निकाल्ने निर्णय पार्टीको भएकाले व्यक्तिलाई देवत्वकरण गर्न नहुने बताएका छन्।

गौतमले फेसबुकमा स्टाटस लेख्दै पार्टीको निर्णय अनुमोदन गर्दै सरकारले नक्सा जारी गरेको बताएका छन्।

'अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ,' नक्साको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ जारी भइरहँदा वामदेवले लेखेका छन्, 'तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ। हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ।'

सरकारको नीति तथा कार्यक्रम पेश हुनु अघि नेकपा सचिवालय बैठक बसेको थियो। बैठकले नीति तथा कार्यक्रममा लिपुलेक, कालापानी, लिम्पियाधुरासहित अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्ने विषय नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव दिएको थियो।

गौतमले बैठकमा नेपाली भूमि समेटेर नेपालको नक्सा जारी गर्नुपर्ने प्रस्ताव आफैँले राखेको पनि दावी गरेका छन्।

'नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु। यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु,' उनको दाबी छ।

गौतमले वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि नक्सा निकाल्ने काम स्वागतयोग्य रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिएका छन्।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्ने निर्णय गरेको गरेको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell