PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

तास खेल्दाको साथी, रक्सी खाँदाको साथीलाई सिडिओले पास बाँडे, कोरोना फैलाए : सांसद बिडारी



पहिलोपोस्ट

तास खेल्दाको साथी, रक्सी खाँदाको साथीलाई सिडिओले पास बाँडे, कोरोना फैलाए : सांसद बिडारी

काठमाडौं : राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले कोरोना फैलिनुमा सिडिओहरु दोषी रहेको आरोप लगाएका छन्।

आजको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले सिडिओले जथाभावी पास वितरण गर्दा कोरोना फैलिएको उनको आरोप थियो।

'तास खेल्दाको साथी, रक्सी खाँदाको साथी सबैलाई पास बाँड्दिएछन् सिडिओले। ठीँठीँ गर्दै दुई चार हजार भएका टोलका गुण्डाहरु गाडीको पास लिएर हिँड्ने, जनतालाई यत्रो आक्रान्त पार्ने?,' उनले प्रश्न गरे।

पास वितरणमा गृह मन्त्रालयको विचार आवश्यक रहेको बताए। पास बाँड्दा संवेदनशील हुनुपर्ने पनि बताए।

उनले लकडाउनका बेला मन्त्री, नेता धेरै हिँड्नु नहुने बताउँदै भने, 'तर, सरकार घरमा बस्ने होइन। सिंहदरबार बस्ने होइन।'

सांसद बिडारीले अतिक्रमित भूमिकाका विषयमा भारतसँग वार्ता गरी छिट्टै टुंग्याउन सरकारलाई आग्रह पनि गरे।

उनले चार महिना अघि सीमा सम्बन्धमा संसदमा गरिएको संकल्प प्रस्ताव अघि नबढाउँदा एकै पटक सडक उद्घाटन गरेको समाचारले उत्तेजित बनाएको बताए। सांसद बिडारीले गाउँगाउँको तरकारी सरकारले किनेर काठमाडौंमा बिक्री गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell