PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

ज्युँदो मानिसलाई मिडियाले मारेको भन्दै क्रिमसन अस्पतालले भन्यो : नपत्याउनुस्



पहिलोपोस्ट

ज्युँदो मानिसलाई मिडियाले मारेको भन्दै क्रिमसन अस्पतालले भन्यो : नपत्याउनुस्

काठमाडौं : रुपन्देहीमा उपचाररत कोरोना भाइरस संक्रमितको अवस्था स्थिर रहेको क्रिमसन अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले अस्पतालमा उपचाररत विरामीलाई गलत ढंगले प्रचार गरी मृत्यु भएको भनेर गलत प्रचार गरिएको बताए।

'अस्पतालले जानकारी नदिइ गलत प्रचार गर्नु गम्भीर कुरा हो। कसले कहाँबाट सूचना दियो तपाईँले बुझ्नुहोला,' पहिलोपोस्टसँग पाण्डेले भने, 'मृत्यु भएको छैन। यो सत्य हो। मृत्यु भन्नु गलत हो। उहाँको अवस्था गम्भीर छ। हिजो जस्तो अवस्थामा हुनुहुन्थ्यो त्यस्तै छ।'

यसैबीच अस्पतालले विज्ञप्ति जारी गर्दै विरामीको मृत्यु नभएको भन्दै गलत र भ्रामक अतिरन्जित समाचार सम्प्रेषण भएको जनाएको छ।

चिकित्सकको टोलीले उनमा मल्टी अर्गन डिसफङ्सन सेन्ड्रम भइ उपचार अगाडि बढाउने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको जनाएको छ।

'सामाजिक सञ्जाल तथा मिडियाहरुमा निज विरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भइ सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्नुहुन सम्पूर्ण आमा, बाबा, दाजुभाइ, दिदीबहिनीहरुमा हादिक अपिल गर्दै निज विरामी यस अस्पतालको आइसियु कक्षमा मेन्टिलेटर सपोर्टमा उपचार भइरहेको र निजको अवस्था गम्भिर रहेको जानकारी गराउँदछौं,' अस्पतालले जारी गरेको वक्तव्यमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell