PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

चोरको साथमा प्रहरीले भेट्यो एपीवान टेलिभिजनको प्रेस पास!



पहिलोपोस्ट

चोरको साथमा प्रहरीले भेट्यो एपीवान टेलिभिजनको प्रेस पास!

काठमाडौँः चोरी गर्दै हिँड्ने एक व्यक्तिसँग प्रेसको कार्ड फेला परेको छ।

महानगरीय अपराध महाशाखा र  महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले काठमाडौँका विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने व्यक्तिको साथबाट प्रेसको कार्ड फेला परेको हो। सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने आश्रय रिजाल र बारा बड्की फूलबारी गाउँपालिकाका २८ वर्षीय अलि आलम मियालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले  उनीहरूलाई मङ्गलवार  चाबहिलको भत्केको पुलबाट पक्राउ गरेको थियो। गत चैत ३ गते सिनामंगल स्थित एक  होटेलबाट ४ थान ल्यापटप, चैत २४ गते दिउँसो चाबहिल भत्केको पुल स्थित सुबिन मानन्धरको म्याक बुकलगायतका सामान चोरी गरेको अनुसन्धानमा खुलेको छ।

प्रहरीले विभिन्न सीसी क्यामराको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले रोकेर चेक गर्दा प्रेसको मानिस भन्दै उम्कन खोजेका थिए। उनीहरूले एप वान टेलिभिजनको कार्ड समेत देखाएका थिए।

उनीहरूको साथबाट प्रहरीले विभिन्न ब्रान्डका ल्यापटप, क्यामेरा, ५३ हजार रुपैयाँ लगायत केही विदेशी रकम समेत फेला परेको थियो। उनीहरुले प्रेस पास देखाउँदै उम्किन खोजेको प्रहरीले जनाएको छ।

यद्यपि, प्रहरीले उनीहरुसँग जफत प्रेस पास एपी वानबाट जारी सक्कली हो या नक्कली खुलाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell