PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नयाँ नक्साको समर्थन गर्दा विवादमा तानिएकी मनिषाको पक्षमा उभिए कमल थापा, भारतीय टिप्पणीको विरोध



पहिलोपोस्ट

नयाँ नक्साको समर्थन गर्दा विवादमा तानिएकी मनिषाको पक्षमा उभिए कमल थापा, भारतीय टिप्पणीको विरोध

काठमाडौं: राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया र जनताले गरेको टिप्पणीको विरोध गरेका छन्।

मन्त्रिपरिषदले भर्खरै भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको समर्थन गर्दा भारतीयको तारोमा परेकी मनिषालाई राप्रपा अध्यक्षले साथ दिँदै भारतीय टिप्पणीको विरोध गरेका हुन्।

भारतीय मिडियाले मनिषालाई ‘भारतको खाने, चीनको गाउने’ भनेर तुच्छ टिप्पणी गरेका छन्। यसलाई राप्रपा अध्यक्ष थापाले पित पत्रकारिता भनेका छन्।

भारतीय नागरिक जो मनिषाका फ्यान छन् उनीहरुले पनि यो अभिव्यक्तिको कडा विरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell