PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

कोरोनाबाट आमा गुमाएको शिशुलाई खतिवडाको ५१ हजार सहयोग



पहिलोपोस्ट

कोरोनाबाट आमा गुमाएको शिशुलाई खतिवडाको ५१ हजार सहयोग

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोकको एक महिलाको शिशुका लागि अमेरिकामा बस्दै आएका नेपाली युवा दिनेश खतिवडाले ५१ हजार १ सय ५१ रूपैयाँ सहयोग गरेका छन्।

बाह्रविसे नगरपालिका वडा नम्बर ९ की २९ वर्षीया महिलाको गत जेठ २ गते मृत्यु भएको थियो। कोरोना संक्रमणबाट ज्यान गुमाएकी महिलाको शिशुमा भने कोरोना भाइरस नेभेटिभ देखिएको छ।

हाल अमेरिकाको मेरिल्याण्डमा रहेका सिन्धुपाल्चोक मेलम्चीका खतिवडाले शिशुको लागि सो सहयोग रकम आज बैंकमा जम्मा गरेका हुन्।

हाल अस्पतालमै रहेको शिशुको पौष्टिक आहार र हेरचाहमा सहयोग पुगोस् आफूले सहयोग गरेको खतिवडाले बताए। खतिवडाले कोरोनाका कारण समस्यामा रहेका नेपाली समुदायलाई अमेरिकामा पनि सहयोग गर्दै आएका छन्।

यसअघि सिन्धुपाल्चोकका पूर्वसांसद एवं कांग्रेस नेता मोहन बस्नेतले ५० हजार सहयोग गरेका थिए। पढाईंको जिम्मा लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell