PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ।

मन्त्रिपरिषद्बाट स्वीकृत भए अनुसार लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा सार्वजनिक भएको हो। 

मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्मा अर्यालले नक्सा सार्वजनिक गरेकी हुन्। 

नयाँ नक्साले विश्व मानचित्र बदलिएको बताइन्। उनले नेपालीको मनोबल उच्च बनाएको पनि बताएइन्। संकलन गरेका यथेष्ट प्रमाणका आधारमा नक्सा सार्वजनिक गरिएको अर्यालको भनाई छ। 

भारतले नेपाली भूभाग लिपुलेकसमेत समेटेर मानसरोवर जोड्ने बाटो उद्घाटन गरेपछि सीमा विवाद उत्कर्षमा छ। नेपालले औपचारिक रुपमा उक्त विषयमा भारतलाई कूटनीतिक नोट पनि पठाइसकेको छ। परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर प्रष्टीकरण सोधेको थियो। 

विवाद जारी रहेकै बेला नेपाल सरकारले वार्षिक नीति तथा कार्यक्रममा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता जनाएको थियो। सो अनुसार मन्त्रिपरिषदले नयाँ नक्सा सार्वजनिक गर्न स्वीकृति दिएको थियो। मन्त्रिपरिषदको निर्णय अनुसार मन्त्रालयले बुधवार नयाँ नक्सा सार्वजनिक गरेको हो।  



ट्रेन्डिङ पोस्ट

Ncell