PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

कोरोना संक्रमित फेला परेपछि मैतिदेवी क्षेत्र सिल



पहिलोपोस्ट

कोरोना संक्रमित फेला परेपछि मैतिदेवी क्षेत्र सिल

काठमाडौं कोरोना संक्रमित देखिएपछि काठमाडौंको मैतिदेवी क्षेत्र सिल गरिएको छ।

बुधवार मौतिदेवी क्षेत्रमा बस्ने एक जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित बस्ने मैतिदेवी प्रहरी बिटको अगाडिपट्टि करिब एक सय मिटरभित्रको दूरी सिल गरिएको हो। सो आपसपासका क्षेत्रमा पनि आवातजावातमा कडाइ गरिएको छ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती युवामा पोजेटिभ देखिएको हो। ती युवा रामेछापका रहेको पाइएको छ।

त्यस्तै बुधवार नै महानगरीय प्रहरी वृत कालिमाटीमा कार्यारत दुई प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो। प्रहरीले वृत सिल गरेर कार्यरत प्रहरीलाई क्वारेन्टाइनमा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell