PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

प्रचण्डले सम्झिए जनयुद्ध: भन्छन्: सरकारले बेपत्ता योद्धाका सन्तानलाई उचित कार्यक्रम ल्याओस्



पहिलोपोस्ट

प्रचण्डले सम्झिए जनयुद्ध: भन्छन्: सरकारले बेपत्ता योद्धाका सन्तानलाई उचित कार्यक्रम ल्याओस्

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले १० वर्षे सशस्त्र आन्दोलन (जनयुद्ध) मा वेपत्ता भएका परिवारका लागि उचित कार्यक्रम ल्याउन माग गरेका छन्।

उनले सरकारलाई वेपत्ता व्यक्तिका सन्तानको भविश्य निर्माण गर्न नीति कार्यक्रम ल्याउन आफ्नो पार्टी नेतृत्वको सरकारको ध्यानकर्षण गरेका हुन्।

वेपत्ता व्यक्ति स्मृति दिवसका अवसरमा प्रचण्डले विज्ञप्ति जारी गर्दै वेपत्ता कार्यकर्ताको बाँकी कार्यभार आफूले पुरा गर्ने प्रतिवद्धता दोहोर्याएका छन्। 'महान् बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिस्ट क्रान्तिकारीहरुको जिम्मेवारी हो। यस सन्दर्भमा हाम्रो पार्टी बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता दोहोर्‍याउँछ,' विज्ञप्तिमा लेखिएको छ।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनका कारण नै समाजवादी क्रान्तिको तयारी गर्न सकिएको प्रचण्डको ठहर छ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डमध्ये उनले मात्रै जनयुद्ध दिवसमा विज्ञप्ति जारी गरेका हुन्। यसअघि नेकपाको विवाद उत्कर्षमा पुगेपछि ओली प्रचण्डले मदन आश्रित स्मृति दिवस र सीमानाका विषयमा संयुक्त वक्तव्य जारी गरेका थिए।

प्रचण्ड र ओलीले माओवादी सशस्त्र आन्दोलनका बारेमा फरक फरक धारणा सर्वजनिक गर्ने गरेका छन्। प्रचण्डले बेला बेलामा आफूलाई सशस्त्र आन्दोलनका बेलाका घटनामा फसाउन खोजिएको आरोप समेत लगाउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell