PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

नक्सा जारी भयो तर क्षेत्रफल यकिन भएनः मन्त्रालय भन्छ, 'बाहिर आएका तथ्याङ्क आधिकारिक हैनन्'



पहिलोपोस्ट

नक्सा जारी भयो तर क्षेत्रफल यकिन भएनः मन्त्रालय भन्छ, 'बाहिर आएका तथ्याङ्क आधिकारिक हैनन्'

काठमाडौँ: सरकारले लिपुलेक,कालापानी, लिम्पियाधुरा समावेश गरेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गत सोमवारको मन्त्रिपरिषद्ले पारित गरेको नक्सा आज सार्वजनिक गरेकी हुन्।

मन्त्री अर्यालले प्रचलित नक्साहरुमा काली नदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकोले ती भूभाग समेत देशको सीमाभित्र पर्नेगरि तथा काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिनेगरि नक्सा अद्यावधिक गरिएको जानकारी दिइन्।

भूमि यकिन गरे पनि अब नेपालको क्षेत्रफल कति भन्ने अझै यकिन भइसकेको छैन।

भूमि समेटेर नक्सा जारी गरे पनि क्षेत्रफल कति भन्ने जवाफ मन्त्रालयसँग छैन।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले यसबारे नापी विभागले काम गरिरहेको जानकारी दिए। बाहिर आएका क्षेत्रफल अनुमान मात्रै भएको उनको भनाइ छ।

जोशीले भने, 'क्षेत्रफलबारे नापी विभागले काम गर्दैछ। बाहिर आएका तथ्यांक आधिकारिक होइन्। केही दिनमा नै हामी औपचारिक रुपमा क्षेत्रफल सार्वजनिक गर्नेछौँ।'

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले क्षेत्रफल कति हो भन्ने टुंगो लगाउने काम प्रकियामा रहेको बताए।

ढकालले भने,'बेक्रिङ गर्ने हतारले क्षेत्रफल यति भन्ने समाचार आए। यो पक्रियामा छ।'

सरकारले नीति तथा कार्यक्रममा नयाँ नक्सा जारी गर्ने विषय समावेश गरेको थियो। भारतले नेपाली भूभाग लिपुलेकसमेत समेटेर मानसरोवर जोड्ने बाटो उद्घाटन गरेपछि सीमा विवाद उत्कर्षमा छ। नेपालले औपचारिक रुपमा उक्त विषयमा भारतलाई कूटनीतिक नोट पनि पठाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell