A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6997e078870bd5.79461554): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6997e078870bd5.79461554,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सहज रुपमा चल्न पाएनन् उद्योगधन्दा : कच्चा पदार्थ अभाव, मजदुर आवतजावत र बजारीकरणमा समस्या
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

सहज रुपमा चल्न पाएनन् उद्योगधन्दा : कच्चा पदार्थ अभाव, मजदुर आवतजावत र बजारीकरणमा समस्या



पी बी खड्का

सहज रुपमा चल्न पाएनन् उद्योगधन्दा : कच्चा पदार्थ अभाव, मजदुर आवतजावत र बजारीकरणमा समस्या

सुर्खेत : सरकारले लकडाउनकै बीच खाद्यान्न लगायत अत्यावश्यक वस्तु तथा सेवाका उद्योगधन्दाहरु खोल्ने निर्णय गरेपनि अझै सञ्चालनमा आएका छैनन्। कच्चा पदार्थ, मजदुर, ढुवानी र बजारीकरण लगायत आवतजावतमा सहज नभएकाले उद्योगहरु सञ्चालनमा आउन नसकेका हुन्।

कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले सबै उद्योगधन्दाहरु बन्द हुँदा उत्पादकत्व र आर्थिक गतिविधि रोकिएपछि सरकारले ४२ प्रकारका उद्योग खोल्न दिने निर्णय गरेपनि अधिकांश उद्योग सञ्चालनमा समस्या देखिएको हो। सुर्खेतमा पनि प्रदेशको सीमा सिल हुँदा, कच्चा पदार्थ ढुवानी, बजारीकरण र मजदुर आवतजावतमा सहज नभएकाले उद्योग सञ्चालन गर्न समस्या भएको उद्योगीहरुहरुको भनाइ छ।

‘हामीसँग भएको मौज्दात फलाम पनि सकियो। अब बन्द गर्नुपर्ने अवस्था छ’, वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा इन्जिनियरिङ वर्कशप सञ्चालक मदन काफ्ले भन्छन्, ‘सरकारले उद्योग चलाउ भन्ने अनि आवतजावतमा कडाई पनि गर्ने, त्यसरी कसरी चल्छ उद्योग? कहाँबाट ल्याउने कच्चा पदार्थ?’

पछिल्लो समय सरकारले उद्योगहरु खोल्ने निर्णय गरेपनि उद्योगलाई चाहिने आवश्यक सामग्री ल्याउन समस्या भएको उनको भनाइ छ। उद्योगमा काम गर्ने कामदारलाई समेत आवतजावतमा समस्या भएको उनले बताए।

‘दुई चार दिन त मुश्किलले चलाइयो अब सरकारले सबै पास रद्द गरेपछि झनै समस्या भएको छ’, उनले भने, ‘थोरै थोरै मौज्दात रहेको सामग्री बनाए पनि बजार बन्द हुँदा र सर्वसाधारण आवतजावतमा कडाइ भएपछि कतिपय सामान गोदाममै थन्किने अवस्था पनि छ।’

कोरोना भइरसको संक्रमण ह्वात्तै बढेपछि देशैभरका औद्योगिक क्षेत्रभित्र र अन्य बजार क्षेत्रका उद्योगहरु  पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन्। वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा विभिन्न खाद्य, पानी, दुध, इन्जिनियरिङ वर्कशप, पोल्ट्री फार्म लगायतका २७ वटा उद्योग सञ्चालनमा छन्। लकडाउनपछि सरकारले खुलाउने निर्णय गरेपनि आठ वटा मात्रै उद्योग सञ्चालनमा आएको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीव नारायण बञ्जाडेले जानकारी दिए। खुलेका उद्योगहरु पनि पूर्णरुपमा सञ्चालन नभएर सामान्य अवस्थामा चलेको उनको भनाइ छ।

‘औद्योगिक क्षेत्रभित्र २७ वटा उद्योगमध्ये अहिले ८ वटा मात्रै खुलेका छन्’, उनले भने, ‘खुलेका मध्येपनि सबै पूर्णरुपमा सञ्चालनमा आउन सकेको अवस्था छैन।’

स्थानीय प्रशासनले उद्योग सञ्चालनका लागि आवश्यक सहजीकरण नगर्दा, कच्चा पदार्थ र मजदुर छैनन् भने संक्रमणबाट जोगिनु पर्ने भएकाले पनि अहिले उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसक्ने प्रमुख बञ्जाडेको भनाइ छ।

‘लकडाउन अवधिमा उद्योग सञ्चालन गर्न चाहिने कच्चा पदार्थ ढुवानी, मजदुरहरु घर गएको हुँदा केही सिमित उद्योगहरु मात्र चलेको अवस्था छ’, उनले भने, ‘अन्य आर्थिक गतिविधि भने शुन्य अवस्था नै छ।’

उद्योगहरुलाई चाहिने कच्चापदार्थसहित आवतजावतमा गरेको कडाइले पनि उद्योग सञ्चालनमा कठिन छ भने उद्योगीले उत्पादन गरेका वस्तुहरु बजारीकरण हुने अवस्था नहुँदा उद्योगीहरुले घाटा बेहोर्नु परेको सुर्खेत उद्योग वाणिज्य संघको भनाइ छ। जोखिम मोलेरै उद्योगीले उत्पादन गरेका सामान गोदाममै थन्किएका छन्। उद्योग बन्द हुँदा सरकार र उद्योगीको अरबौँ घाटा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell