PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

'ट्वीलाइट' कलाकार ग्रेगोरी टायरी र उनकी प्रेमिका मृत भेटिए



पहिलोपोस्ट

'ट्वीलाइट' कलाकार ग्रेगोरी टायरी र उनकी प्रेमिका मृत भेटिए

सन् २००८ मा सार्वजनिक हलिउड फिल्म 'ट्वीलाइट'मा अभिनय गरेका कलाकार ग्रेगोरी टायरी बोयसी आफ्नी प्रेमिकासँग मृत अवस्थामा भेटिएका छन्। लस भेगसमा ३० वर्षीय कलाकार र उनकी २७ वर्षीया प्रेमिका नटाली एडिपोजुको शव भेटिएको हो।

प्रहरीका अनुसार कुनै अपराधिक गतिविधिका कारण उनीहरुको मृत्यु भएको होइन। शवको पोस्टमोर्टम रिपोर्ट आइनसकेको बीबीसीले जनाएको छ

ग्रेगोरीले 'ट्वीलाइट'मा टाइलरको भूमिका निर्वाह गरेका थिए।

बोयन्सीका भाइ क्रिस वायनले फेसबुकमा लेखेका छन्,'तपाईं खास अझै यहीं हुनुहुन्थ्यो भने। यस विश्वले एक सानदार व्यक्ति गुमायो।'

उनकी आमा लिसा वायनले लेखेकी छिन्,'म तिमी विना अस्वस्थ छु। म हराएकी छु। म दुखेकी छु। यसअघि हामी दु:खी हुँदा एकअर्कालाई फोन गर्थ्यौं। सुनाउथ्यौं। हामी सँगै सहन्थ्यौं। तिमीले मलाई किन छाडेर गयौ?' उनले आफूले पुन: त्यही अंगालो, चुम्बन र शब्दहरु महसुस गर्न नपाउने भन्दै दु:ख व्यक्त गरेकी छिन्।  

बोयन्सीको १० वर्षीया छोरी र उनकी प्रेमिका एडेपोजुको छोरा छन्। उनीहरु केही समयमै 'वेस्ट कोस्ट र्‍यापर्स' नामक पसल सञ्चालन गर्ने तयारीमा थिए। त्यहाँ उनीहरुको 'चिकेन विङ्स' बेच्ने योजना थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell