PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

भ्रम नफैलाउन आग्रह गर्दै चीनले अमेरिकालाई सोध्यो: संक्रमण बढ्नुमा जिम्मेवार को?



पहिलोपोस्ट

भ्रम नफैलाउन आग्रह गर्दै चीनले अमेरिकालाई सोध्यो: संक्रमण बढ्नुमा जिम्मेवार को?

काठमाडौं: चीनले अमेरिकामाथि कोरोना भाइरसको संक्रमणबारे भ्रम फैलाएको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका पदाधिकारीले दिइरहेका सूचना तथा अभिव्यक्तितर्फ संकेत गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अमेरिकाबाट निरन्तर जारी गरिएका गलत सूचनाबाट मानिसहरु भ्रममा पर्नसक्ने र कैयौ मानिस गुमराहमा पर्नसक्ने खतरा रहेका बताएकी छिन्।

तर, अन्तिममा उनीहरु आफै सत्यतथ्य बोलिरहेको उनको भनाई छ।

ट्रम्पले आजमात्रै संक्रमितको संख्या धेरै देखिनुको अर्थ अमेरिकामा परीक्षण अरु देशमा भन्दा राम्रो भइरहेको र यो सम्मानजनक विषय बताएका थिए।

ट्रम्पका यसअघिका वयान र आजको अभिव्यक्तिलाई लिएर चीनले मानिसहरुलाई भ्रममा पार्ने कोसिस गरेको आरोप लगाएको हो।

प्रवक्ता चुनयिङले ट्वीटरमार्फत अमेरिकाले कसरी भ्रम फैलायो भन्ने तथ्यसमेत प्रस्तुत गरेकी छिन्।

उनका अनुसार २३ जनवरीमा वुहानलाई लकडाउन गर्दा अमेरिकाले आफ्नो देशमा एक जनामात्र संक्रमित रहेको दावी गरेको थियो। १३ मार्चमा अमेरिकाले आपतकाल घोषणा गर्दा १ हजार ८९६ जनामात्र संक्रमित रहेको सूचना दियो। १९ मार्चमा चीनले आफ्नो देशमा नयाँ संक्रमित शून्य रहेको घोषणा गर्दा अमेरिकामा ७ हजार ८७ जना संक्रमित पुगिसकेको थियो।

अहिले अमेरिकामा संक्रमितको संख्या १५ लाख ७० हजार ५८३ पुगिसकेको र मृतकको संख्या ९३ हजार ५३३ पुगेको छ।

संक्रमण कसरी बढ्यो भन्ने तथ्यांक प्रस्तुत गर्दै अन्त्यमा प्रवक्ता चुनयिङले अमेरिकालाई सोधेकी छिन्, ‘अब को जिम्मेवार हुनुपर्छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell