PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

ललितपुर महानगरमा ठूला र साना पसल दिनभर सशर्त सञ्चालन गर्न पाउने नियम लागू



पहिलोपोस्ट

ललितपुर महानगरमा ठूला र साना पसल दिनभर सशर्त सञ्चालन गर्न पाउने नियम लागू

काठमाडौं : ललितपुर महानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका ठूला र साना खाद्य पसलहरु बिहानदेखि साँझसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ।

महानगरको संयोजनमा बुधवार बसेको सर्वपक्षीय बैठकबाट सशर्त ठूला पसलहरु बिहान १० देखि साँझ ७ बजेसम्म र साना खाद्य पसलहरु बिहान ७ देखि बेलुकी ७ बजेसम्म खोल्न दिने निर्णय गरेको हो।

तर, यस्ता खाद्य स्टोर र किराना पसल तथा अत्यावश्यक पसलहरु सञ्चालन गर्न शर्तहरु पालना गर्नुपर्नेछ। भौतिक दुरी कायम राख्ने, एकैपटक धेरैजनालाई पसलमा प्रवेश गर्न दिन नहुने नियम बनाइएको छ।

यसरी खाद्य स्टोर र किराना पसलहरुमा आउने ग्राहकहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्नेछ। पसल सञ्चालक र कर्मचारीहरुले समेत मास्क र पञ्जा अनिवार्य लगाउनु पर्नेछ।

साना खाद्य स्टोर र फलफूल पसलहरुमा मूल्य सूची देखिने गरी बोर्ड राख्नुपर्नेछ भने ठूला खाद्य स्टोरझै स्यानिटाइजर वा साबुन पानीको व्यवस्था गर्नुपर्नेछ।

खाद्य पसलहरुले मापदण्ड पूरा गरे नगरेको बारेमा भने महानगर, जिल्ला प्रशासन कार्यालय, प्रहरी ले अनुगमन गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell