PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमसीसीको विरोधमा १० पार्टीको संयुक्त वक्तव्य, ‘पारित भए देश अमेरिकी साम्राज्यवादको क्याम्पमा सामेल हुनेछ’



पहिलोपोस्ट

एमसीसीको विरोधमा १० पार्टीको संयुक्त वक्तव्य, ‘पारित भए देश अमेरिकी साम्राज्यवादको क्याम्पमा सामेल हुनेछ’

काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा असंलग्न परराष्ट्र नीतिको विरुद्ध भएको भन्दै विभिन्न १० पार्टीले त्यसलाई अस्वीकार गर्न माग गरेका छन्।

बुधवार मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सीपी मैनाली नेतृत्वको नेकपा (माले) र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चालगायत विभिन्न १० पार्टीहरुले संयुक्त वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन्।

वक्तव्यमा भनिएको छ, ‘एमसीसी पारित भयो भने नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हनेछ, हाम्रो देश अमेरिकी साम्राज्यवादको क्याम्पमा सामेल हुन पुग्ने छ र त्यसको (अमेरिकी साम्राज्यवाद) अखडा बन्न पुग्ने छ। त्यसको परिणामस्वरुप नेपालको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर प्रकारको आँच पुग्ने कुरा अवस्यम्भावी छ।’

यस्तोमा एमसीसी संसदद्वारा पारित गराउन खोजेको भन्दै उनीहरुले त्यसको भर्त्सना समेत गरेका छन्। नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा नेपालको परराष्ट्र नीतिमा आँच पुग्न नदिन उनीहरुले सम्पूर्ण जनता, राजनीतिक पार्टी, सांसद, संघसंस्था र व्यक्तिहरूलाई अपील गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell