PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

सशस्त्रले दार्चुलाको छाङरुमा पक्की भवन बनाउने प्रकृया सुरु

सशस्त्रले दार्चुलाको छाङरुमा पक्की भवन बनाउने प्रकृया सुरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा पक्की भवन बनाउनको लागि सशस्त्र प्रहरी बलले प्रकृया सुरु गरेको छ।

सशस्त्र प्रहरीले बिहीवार भवन निर्माणको लागि सार्वजनिक रुपमा टेन्डर आह्वान गरेको हो। वैशाख ३१ गते कालापानीभन्दा १० किलोमिटर पूर्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ।

वर्षौदेखि भारतको कब्जामा रहेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकमा पछिल्लो समय सरकारले विभिन्न कदम चालेको छ। सरकारले औपचारीक रुपमा नै लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरिसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell