PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतमा आन्तरिक हवाइ सेवा सुरु हुँदै, आजदेखि बुकिङ खुला



पहिलोपोस्ट

भारतमा आन्तरिक हवाइ सेवा सुरु हुँदै, आजदेखि बुकिङ खुला

नयाँ दिल्ली : आगामी सोमवारदेखि भारतमा आन्तरिक हवाई सेवा सुरु हुने भएको छ। दुई महिना लामो लकडाउनका कारण ठप्प रहेको हवाइ सेवाका लागि आजबाट बुकिङ खुला गर्ने तयारी भएको हो।

अन्तर्राष्ट्रिय उडानमा रहेको प्रतिवन्ध भने २२ मार्चसम्म यथावत रहने टाइम्स अफ इन्डियाले जनाएको छ। विमान सेवामा यात्रुहरुलाई दुरी कायम राखेर विमानस्थलको व्यवस्थापन गर्ने तयारी भएको हो।

नागरिक उड्ययन मन्त्री हरदीप सिंह पुरीले ट्विट गर्दै विमानसेवा सुरु हुने जानकारी दिएका हुन्। विमान सेवाको मोडालिटीको ब्लुप्रिन्ट आज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। हवाई भाडा उच्चतम र न्युनतम दर तोकिँदैछ। जोखिममा रहेका विमान कम्पनीहरुलाई जोगाउनका लागि यो पहल महत्वपूर्ण हुने विश्वास लिइएको छ।

हवाइ यात्रा गर्न चाहनले दुई घन्टाभन्दा अगाडि विमानस्थलमा रिपोर्ट गर्नुपर्ने छ भने सामाजिक दुरी कायम हुनेगरी प्रकृया अगाडि बढाउनुपर्नेछ। थर्मल स्क्यानिङ हुनेछ सबै यात्रुको छ। विमानबाट यात्रा गर्नका लागि आरोग्य सेतु एप डाउनलोड गर्न आग्रह गरिएको छ। यो एप्लिकेसनले ग्रिन सिग्नल दिएपछिमात्र उडानका लागि यात्रु योग्य हुनेछ। यात्रुले ट्राभल हिस्ट्री, क्वारेन्टाइनमा बसेको भए त्यसको बारेमा जानकारी सबै उपलब्ध गराउनुपर्ने छ। यात्रुहरुले उडान अवधिभर पूरै मास्क लगाउनुपर्ने छ। यात्रुलाई ३ सय ५० एमएल ह्यान्ड स्यानिटाइजर साथमा राख्न अनुमति दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell