PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

बनस्थलीमा संक्रमित भेटिएका ३ वर्षे बालक लमजुङबाट धादिङ हुँदै आएका थिए



पहिलोपोस्ट

बनस्थलीमा संक्रमित भेटिएका ३ वर्षे बालक लमजुङबाट धादिङ हुँदै आएका थिए

काठमाडौं : स्वास्थ्य मन्त्रालयले मंगलवार पछिल्लो पटक २७ जना कोरोन संक्रमित भएको पुष्टि गर्‍यो। जसमा एक जना लमजुङका पनि थिए। तर, जिल्ला प्रशासन कार्यालयले लमजुङका कुनै पनि मानिसमा संक्रमण नभएको भन्दै जानकारी दियो। प्रशासन कार्यालयले नै लमजुङका संक्रमित भनिएका मानिस काठमाडौं महानगरपालिका वडा नम्बर १६ बस्ने जानकारी दियो।

स्थानीय जनप्रतिनिधिले बुधवार आफ्नो वडामा त्यस्तो मानिसको खोजी गरे। नभन्दै मन्त्रालयले लमजुङका भनिएका संक्रमित बनस्थलीमा भेटिएका थिए। काठमाडौं महानगरपालिका वडा नम्बर १६ र १५ को सिमाना रहेको ठाउँमा बस्दै आएको भेटिएको काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले जानकारी दिए।

'उहाँ हाम्रो वडामा नै बस्नुहुने रहेछ। तीन तले घरमा परिवारसहित बस्नु भएको रहेछ,' वडा अघ्यक्ष रिजालले भने।

संक्रमित देखिएका व्यक्ति ३ वर्षे बालक हुन्। उनको अहिले पाटन अस्पतालमा राखेर उपचार भइरहेको छ। उनका परिवारको समेत परीक्षण भएको छ। बालकको आमाको रिपोर्ट नेगेटिभ आएको वडा अध्यक्ष रिजालले जानकारी दिए। बालक आमासँगै ५/६ दिनअघि लमजुङ, धादिङ हुँदै काठमाडौं आएको खुलेको छ। 'उहाँहरु लकडाउनको समयमा लमुजुङ, धादिङ हुँदै आउनु भएको रहेछ। किन र कसरी आउनु भयो भन्ने बुझ्दैछौं,' रिजालले भने। संक्रमित बस्ने घरका ११ जनाको पनि कोरोना परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell