PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपालसँग सीमा जोडिएका भारतका युपी र बिहारमा एकै दिन थपिए ४०४ संक्रमित



पहिलोपोस्ट

नेपालसँग सीमा जोडिएका भारतका युपी र बिहारमा एकै दिन थपिए ४०४ संक्रमित

नयाँ दिल्ली : भारतमा एकै दिन ५ हजार ३ सय ७६ नयाँ कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन ५ हजारभन्दा बढी संक्रमित भेटिएको यो तेस्रो पटक हो।

बुधवार भारतमा कोरोना संक्रमणबाट १ सय ३५ जनाले ज्यान गुमाए। भारतमा यससँगै १ लाख १० हजार ८ सय १४ जनामा संक्रमण देखिएको छ भने ३ हजार ४ सय ३५ जनाको मृत्यु भएको छ।

भारतको महाराष्ट्र सबैभन्दा बढी संक्रमणको केन्द्रमा छ। यहाँमात्र एकै दिन २ हजार २ सय ५० संक्रमित थपिएका हुन्। महाराष्ट्रमा अहिलेसम्म ३९ हजार २ सय ९७ जनामा संक्रम देखिएको हो। यहाँ ६५ जनाले ज्यान गुमाए बुधवारमात्रै। १ हजार ३ सय ९० जनाको मृत्यु भइसकेको छ यहाँ।

महाराष्ट्रको मुम्बईमा मात्र बुधवार १ हजार ३ सय ७२ नयाँ संक्रमित थपिए। पछिल्लो चार दिनमा मुम्बईमा १ हजारभन्दा बढी नयाँ संक्रमित थपिइरहेका छन्। महाराष्ट्रका संक्रमितमा मुम्बईले ६० प्रतिशत हिस्सा ओगट्छ भने पूरै भारतका संक्रमितमध्ये ४० प्रतिशत।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा संक्रमितको संख्या ५ हजार भन्दा माथि पुगेको छ। बुधवार थप २ सय ४९ नयाँ संक्रमित थपिएपछि यहाँ संक्रमितको संख्या ५ हजार १ सय ९० पुगेको हो। उत्तर प्रदेशमा १ सय २७ जनाको मृत्यु भइसकेको छ। बुधवार यहाँ ४ जनाको यसैका कारण मृत्यु भयो।

नेपालसँग सबैभन्दा लामो सीमा जोडिएको भारतीय राज्य बिहारमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। साथै १ सय ५५ जना नयाँ संक्रमित थपिएका छन्। बिहारमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ७४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell