PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना भाइरस : एकैदिन थपिए १ लाख ६ हजार संक्रमित, विश्वभर बढ्दो त्रास



पहिलोपोस्ट

कोरोना भाइरस : एकैदिन थपिए १ लाख ६ हजार संक्रमित, विश्वभर बढ्दो त्रास
Photo : AFP

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम घेब्रिएससले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लामो समय लाग्ने बताएका छन्। विश्वभर बढ्दो संक्रमणका कारण उनले यस्तो संकेत दिएका हुन्

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर एक लाख ६ हजार मानिसमा संक्रमण पुष्टि भएको छ। जससँगै कुल संक्रमितको संख्या झण्डै पचास लाख पुगेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४९ लाख ९६ हजार ६ सय ३४ मानिसमा संक्रमण देखिएको छ।

४० लाख संक्रमणमित पुगेको २ साता नबित्दै थप दश लाख मानिस संक्रमित भइ। विज्ञहरुले संक्रमितको संख्या तथ्याङ्कहरुमा देखाइएभन्दा बढी भएको दावी गर्दै आएका छन्। सबै देशमा पर्याप्त परीक्षण नहुँदा संक्रमितको संख्या यकिन गर्न नसक्ने बताएका हुन्।

यस चिन्‍ताजनक स्थितिले निम्न र मध्य आय भएका राष्ट्रहरुमा बढी प्रभाव पार्ने टेड्रोसको दावी छ।

हालसम्म ३ लाख २६ हजार मानिसले संक्रमणकै कारण ज्यान गुमाएका छन्। जसमध्य संक्रमण र मृत्युदरको हिसाबमा अमेरिका सर्वाधिक प्रभावित छ। त्यहाँ १५ लाख ५१ हजार ८ सय ५३ मानिसमा संक्रमण पुष्टि भएको छ भने ९२ हजार मानिसले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell