PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना भाइरस : विश्वभर संक्रमितको संख्या ५० लाख कट्यो



पहिलोपोस्ट

कोरोना भाइरस : विश्वभर संक्रमितको संख्या ५० लाख कट्यो

विश्वभर कोरोना भाइरस संक्रमणका ५० लाख भन्दा बढी केसहरु पुष्टि भएका छन्। जोन होप्किन्स विश्वविद्यालयका अनुसार विहीवार संक्रमितको संख्या ५० लाख १ हजार ४ सय ९४ पुगेको हो। बुधवार मात्रै दैनिक संक्रमण दर विश्वभर हालसम्म उच्च देखिएको थियो। १ लाख ६ हजार मानिसमा एकैदिन संक्रमण पुष्टि भएको हो।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सर्वाधिक प्रभावित छ। त्यहाँमात्रै हालसम्म ९३ हजार ४ सय ९३ संक्रमितको मृत्यु भइसकेको छ भने १५ लाख ५१ हजार ८ सय ५३ मानिसमा संक्रमण पुष्टि भएको छ।

संक्रमितको दोस्रो धेरै संख्या रसियामा देखिएको छ। त्यहाँ हालसम्म ३ लाख ८ हजार ७ सय ७ मानिसमा संक्रमण पुष्टि भएको छ। त्यहाँको मृत्युदर भने ३ हजार मात्र छ।

ब्राजिलमा संक्रमितहरुको तेस्रो धेरे संख्या छ। त्यहाँ २ लाख ९१ हजार ५ सय ७९ मानिसमा संक्रमण पुष्टि भएको छ।

संक्रमणका कारण अति प्रभावित युरोपेली राष्ट्रहरुमध्ये बेलायतमा ३५ हजार ७ सय ३६, इटालीमा ३२ हजार ३ सय ३०, फ्रान्समा २८ हजार १ सय ३५ र स्पेनमा २७ हजार ८ सय ८८ रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell