PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अनुष्का शर्माको विरोधमा उत्रिएका अभिनेत्रीहरु कोही मनिषा कोइरालाको पक्षमा, कोही मौन



पहिलोपोस्ट

अनुष्का शर्माको विरोधमा उत्रिएका अभिनेत्रीहरु कोही मनिषा कोइरालाको पक्षमा, कोही मौन

केही दिनअघि बलिउड अभिनेत्री अनुष्का शर्माको विरोधमा नेपाली अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत् टिका टिप्पणी गरे।

कारण – अनुष्का निर्मित सिरिजमा प्रयोग संवाद। जसमा नेपाली महिलामा आँच पुग्ने शब्दको प्रयोग गरिएको थियो।

तर, अभिनेत्री मनिषा कोइरालाप्रति भारतीय सञ्चार माध्यमले तुच्छ टिप्पणी गर्दा भने प्राय अभिनेत्री मौन छन्। उनीहरुले यस विषयमाथि धारणा सार्वजनिक गरेका छैनन्।  

मनिषा कोइरालाले नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध प्रश्न उठाएको हो। मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।

अभिनेत्री करिश्मा मानन्धरले भने यस विषयमा स्टाटस लेखेकी छिन्। जसमा भनेकी छिन्, 'मनिषा जी को भनाइलाई छिमेकी मिडियाले अतिरञ्जित गरेर प्रचार गरिरहेको छ। उहाँले लेखेको आधा लाइनलाई मात्रै फोकस गरेर प्रचार गरिरहेको छ।'

मनिषाले ट्वीटमा नयाँ नक्साका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेसँगै नेपाल, चीन र भारतले शान्तिपूर्ण वार्तामार्फत् समस्या समाधान गर्नु पर्ने बताएको जनाएकी छिन्।

त्यस्तै अर्की अभिनेत्री पूजा शर्माले पनि मनिषाको पक्षमा लेखेकी छिन्। उनले भारतीय सञ्चार माध्यमलाई प्रश्न गरेकी छिन्। लेखेकी छिन्, 'सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा गरेनन्, यो दु:खको कुरा हो।' उनले मनिषाले भारतको नुन भिख मागेर नभई कलाकारिताको बलमा उभिएर खाएको समेत जनाएकी छिन्।

त्यस्तै दीपाश्री निरौलाले दीपकराज गिरीको धारणा सेयर गर्दै भनेकी छिन्,'आखिर हाम्रो मन त नेपाली हो। सलाम मनिषा दिज्जु।'

सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री निशा अधिकारीले मनिषाको फोटो सेयर गर्दै आफू उनको पक्षमा उभिएको जनाएकी छिन्।

अनुष्का शर्माको विरोधमा उभिएका ऋचा शर्मा, केकी अधिकारी, रेखा थापा, वर्षा राउत, वर्षा शिवाकोटी लगायत भने हालसम्म मौन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell