_(17)1.jpg)
काठमाडौं: आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा ८ जना र रुपन्देहीमा १ जनामा संक्रमण देखिएको हो। यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ।
आज थप ४ जना डिस्चार्ज भएका छन्। उनीहरु संक्रमणको नवौं दिनमा डिस्चार्ज भएका हुन्। यससँगै निको हुनेको संख्या ४९ जना पुगेको छ।