PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजमा दोस्रो कोभिड अस्पताल शुरु, स्कूलबाट २५ जना संक्रमित लगियो आइसोलेसनमा



राधेश्याम पटेल

वीरगंजमा दोस्रो कोभिड अस्पताल शुरु, स्कूलबाट २५ जना संक्रमित लगियो आइसोलेसनमा

वीरगंज : बिहीवारदेखि वीरगंजमा दोस्रो कोभिड विशेष अस्पताल सञ्चालनमा आएको छ। वीरगंज महानगरको पुरै खर्च र नारायणी अस्पतालको प्राविधिक सहयोग एवं व्यवस्थापनमा अस्पताल सञ्चालनमा आएको हो।

वीरगंज–१४ बहुअरीस्थित गण्डक हस्पिटल प्रालिलाई कोभिड अस्तपालको रुपमा परिणत गरी दोस्रो कोभिड अस्पताल बनाइएको हो।

एक सातादेखि तयारीको सम्पूर्ण काम पूरा गरी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गण्डक अस्पतालकाका मेडिकल संयोजक डा. उदयनारायण सिंहले बताए। उनले वीरगंज, चिनीमिलस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा एक सातादेखि रहेका २५ जना संक्रमितहरुलाई अस्पतालमा सारिएको जनाए। ७० बेडको आइसोलेसन वार्डको क्षमता रहेको अस्पतालमा अगामी दिनमा बढ्ने वीरगंजका संक्रमितहरुलाई राखेर उपचार गर्ने लक्ष्य राखिएको छ।

वीरगंजका मेयर विजयकुमार सरावगीले गत शनिवार नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायलाई अस्पतालको साँचो बुझाएका थिए भने आइसोलेसन वार्डको लागि चाहिने आवश्यक सुविधा, खानेपानीको आपुर्ती, सिसि टिभी, टिभी, वाईफाई, खानाको व्यवस्थापन, चिकित्सक र नर्सको व्यवस्थापनलगायत काममा एक साता समय लागेको थियो। रहबर अन्सारी सञ्चालक रहेको अस्पताल निशुल्क रुपमा महानगरलाई हस्तनान्तरण गरिएको हो।

बाँकी आवश्यक व्यवस्थापनमा लाग्ने खर्चलाई महानगरको कोषबाट बेहोर्ने शर्तमा सञ्चालन गर्नै स्वास्थ्य मन्त्रालयले स्वीकृती दिएको छ। शुरुमा नारायणी अस्पतालबा केभिडका विरामीलाई गण्डक अस्पतालमा सारेर नारायणीलाई जनरल अस्पताल बनाउने लक्ष्य राखिए तापनि वीरगंजमा ह्वातै बढेका संक्रमितको संख्याले वीरगंजमा अन्य अस्पताललाई पनि कोभिड अस्पताल बनाउनु पर्ने आवश्यकता देखिएको छ। यता, पर्सा, बारा, रौतहटका हजारौ जनता जनरल उपचार सेवाबाट बञ्चित भएका छन्।

गण्डक अस्पताललाई निम्बसको २० बेड सहयोग

गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउन वीरगंजको औद्योगिक घारना निम्बस समुहले करिब ३ लाख पर्ने २० वटा बेड सहयोग गरेको छ। निम्बस अन्तर्गतको प्रोबायोटेक इण्डष्ट्रिज प्रालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश बैठाले बुधवार साझ महानगरका मेयर सरावगीलाई उक्त बेड हस्तनान्तरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell