PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाहुबलीका ‘भल्लालदेव’ले गरे इन्गेजमेन्ट



पहिलोपोस्ट

बाहुबलीका ‘भल्लालदेव’ले गरे इन्गेजमेन्ट

बलिउड तथा साउथ स्टार राणा दग्गुबातीले प्रेमिका मिहिका बजाजसँग इन्गेजमेन्ट गरेका छन्।

राणाले ट्विटरमा इन्गेजमेन्ट समारोहमा तस्बिर सार्वजनिक गरेर यसको जानकारी दिएका छन्। उनले यो अब आधिकारिक भएको उल्लेख गरेका छन्।

यसअघि मे १२ मा इन्स्टाग्राममार्फत् दग्गुबातीले मिहिकाले प्रेम प्रस्ताव स्वीकार गरेको जानकारी गराएका थिए। यी दुई लामो समयदेखि सिक्रेट रिलेसनसिपमा रहेका थिए।

इन्गेजमेन्टपछि राणा र मिहिकालाई साउथ र बलिउड सेलिब्रेटीले बधाई दिएका छन्।

राणा दग्गुबाती भल्लादेवको नामले चर्चित छन्। उनले सर्वाधिक सफल फिल्म बाहुबलीमा भल्लालदेवको भूमिका निभाएका थिए।

को हुन मिहिका बजाज?

दग्गुबातीकी प्रेमिका बजाज हैदराबादको एक इन्टेरियर डिजाइनर हुन्। साथै उनी एक इभेन्ट म्यानेजमेन्ट कम्पनी पनि चलाउँछिन्। एक्ट्रेस सोनम कपुर र बजाज राम्रा साथी भएको बताइन्छ। बजाज सोनामको विवाहमा समेत गएकी थिइन् र उनीसँगको तस्बिरहरु शेयर गरिरहेकी हुन्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell