A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699744031e0230.83965147): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699744031e0230.83965147,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699744031e3a39.39891391): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699744031e3a39.39891391,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ



पहिलोपोस्ट

दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ
फोटो : नेपाली सेना।

काठमाडौं : दार्चुला जिल्लाको व्यास गाँउपालिका वडा नम्बर २ स्थित घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ गरिएको छ। सो इलाकामा गोरेटो बाटो निर्माण गर्न सेना तैनाथ गरिएको हो।

बाटो निर्माणका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त बिहीवार बिहान ११ बजे घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

मन्त्रिपरिषद्को २०७७ बैशाख १४ गतेको निर्णय बमोजिम महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तर्गत उत्तरी क्षेत्रतर्फ रहेको ८७ किमी सडक खण्ड नेपाली सेनामार्फत निर्माण गराउने लागिएको हो। बाटो निर्माण कार्यका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीहरु सहितको टोली २०७७ जेठ ९ गते तैनाथ गर्ने योजना रहेको थियो।

चीन र भारतको सीमासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका-१ मा पर्ने छाङरु र टिंकर गाउँका १८२ घर परिवारका करिब १ हजार २०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्न समस्या भएको थियो। व्यास गाउँपालिका-२ मा पर्ने मौरी भिरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या हुँदा स्थानीयले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए।

घाँटीबगर र मौरी भिर इलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सञ्चालन गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक निर्माणको लागी नेपाली सेनाको प्रावधिक जनशक्ति सहितको टोली सो क्षेत्रमा तैनाथ भएको हो। सडक खण्ड पुनः सञ्चालन भएपछि स्थानीयहरु नेपालकै भूमी प्रयोग गरी आवतजावत गर्न सक्ने विश्वास लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell