PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतीय मिडियाको नजरमा तारो बनेकी नायिका मनिषा कोइरालालाई नेपाली कलाकारहरुको साथ



पहिलोपोस्ट

भारतीय मिडियाको नजरमा तारो बनेकी नायिका मनिषा कोइरालालाई नेपाली कलाकारहरुको साथ

काठमाडौं : नेपालका चर्चित कलाकारहरू नायिका मनिषा कोइरालाको पक्षमा उभिएका छन्। नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नक्सा जारी गरेपछि नायिका कोइरालाले सो निर्णयको समर्थन गरेकी थिइन्।

सोही विषयलाई लिएर भारतीय मिडिया कोइरालाविरूद्द खनिँदा नेपालका कलाकार मनिषाको पक्षमा उभिएका हुन्। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित कलाकार दीपाश्री निरौला र जितु नेपालले मनिषाको समर्थन गरेका छन्।

कलाकार मदनकृष्ण श्रेष्ठले आफु भूगोलको विद्यार्थी भएको भन्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भएको यथेष्ठ प्रमाण रहेको बताए। उनले आध्यातमिकमा विश्वास गर्ने नरेन्द्र मोदीले प्रधानमन्त्री रहेका बेला नाकाबन्दी गरेको पनि स्मरण गरे। उनले भारतीय मिडियामा बौद्दिकता नभएको भन्दै नायिका कोइरालाले सत्यको पक्षमा बोलेको बताए।

अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले भारतको मिडिया गाली गर्न र कराउनका लागि संसारकै उदाहरण भएको बताए।

‘मनिषा कोइरालाले देशको पक्षमा जे बोल्नुभएको छ। उहाँलाई धन्यवाद दिनुपर्छ। उहाँले मोह र डर त्यागेर जुन साहस गर्नुभयो, सबै नेपालीले उहाँलाई धन्यवाद दिनुपर्छ,’ उनले भने।

त्यस्तै, अभिनेत्री दीपाश्री निरौलाले नायिका कोइरालाले बोलेर राम्रो काम गरेको बताइन्। उनले कांग्रेस नेता डा मिनेन्द्र रिजालले पनि राष्ट्रवादी अडान राखेको भन्दै प्रशंसा गरिन्।

अर्का कलाकार जितु नेपालले भारतीय मिडिया देख्दा दया लागेर आएको बताए। नायिका कोइरालको पक्षमा आफुहरू रहेको पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell