PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एकै रात चक्रवातका कारण मर्नेको संख्या १२ बाट पुग्यो ७२



पहिलोपोस्ट

एकै रात चक्रवातका कारण मर्नेको संख्या १२ बाट पुग्यो ७२

कोलकाता : अंपुन चक्रवातकाका कारण भारतमा मर्नेहरुको संख्या एकै रात १२ बाट ७२ पुगेको छ। मृत्यु हुनेमा कोलकाताका मात्र १५ जना रहेका छन्।

लगातारको नौ घन्टा अवधिमा दक्षिणी बंगालका सातवटा जिल्ला अत्याधिक प्रभावित भए। घर भत्किँए, बिजुली अवरुद्ध भयो। बिहान कोलकाताको सडकमा ११ वटा शव फैला परे। सयौं घर भत्किएका छन् भने रुख ढलेर बाटो अवरुद्ध भएको छ। लगातारको पानीले नदीमा बाढी आएको छ। बालीनाली सखाप भएको छ।

साउथ ट्वान्टीफोर परगानसमा २४ जनाको मृत्यु भयो भने उत्तरतिर २७ जनाको। सडकमा पानी भरिएर उद्धारमा पनि कठिनाइ भयो। हाइबे ठप्प बन्यो। ८८ हजार हेक्टर धान खेतीमा यसले असर पारेको छ भने एक लाख हेक्टरमा तरकारी। पश्चिम वंगालका सबै ठाउँबाट रिपोर्ट आइसक्दा अझै धेरै क्षति देखिने अनुमान गरिएको छ।

५ हजार पुराना रुख ढलेका छन् भने २५ सय वटा विद्युतका पोल पनि चक्रवातका कारण ढलेका छन्। वंगालकी मुख्यमन्त्री ममता बेनर्जीले मृतकको परिवारका सदस्यलाई २ लाख रुपैयाँ राहतको घोषणा गरेकी छिन् भने भारतीय प्रधानमन्त्री प्रभावित क्षेत्रको भ्रमणमा आज निस्किँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell