PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

आश्वासन सहयोगको, धन्दा चाहिँ ठगी



पहिलोपोस्ट

आश्वासन सहयोगको, धन्दा चाहिँ ठगी

काठमाडौः उपचार गराउन आएका एक जना मानिसलाई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ४ घर भएका ३९ वर्षीय जय बहादुर घले भन्ने प्रकाश घलेलेलाई पक्राउ गरेको हो।

घलेले जेठ २ गते लगनखेलमा सोलुखुम्बु माता दूधकोसी गाउँपालिकाका भक्तवीर राईलाई विभिन्न प्रलोभनमा पारेर १ लाख रुपैयाँ ठगी गरेका थिए। बा ६९ प १४०२ नम्बरको स्कुटरमा आएका घलेले राईसँग आफूहरू पहिले नै चिनजान भएको र छोराको उपचारको लागि थप सहयोग गर्ने भन्दै ठगी गरेका थिए। राई छोराको उपचार गर्ने भन्दै सोलुखुम्बुबाट पाटन अस्पताल पुगेका थिए।

छोराको उपचारको लागि धेरै रकम खर्च हुने भएपछि राई सहयोग पाइने आसमा घलेसँग नजिकिए। त्यसपछि घलले आफ्नो स्कुटरमा थप रकम निकाल्ने भन्दै बैङ्क लगे। तर उनले पहिले आफ्नो बैङ्क खाताबाट रकम झिकेनन्। राईको खाताबाट १ लाख रुपैयाँ झिक्न लगाए। त्यसपछि घले एक लाख रुपैयाँ विभिन्न तरिकाले आफ्नो साथमा लिएर फरार भए।

रकम लुटिएपछि राई प्रहरी कहाँ पुगेका थिए। त्यसपछि सीसीक्यामारा फुटेजको सहयोगमा कुसन्तीबाट प्रहरीले घलेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीले जानकारी दिए। उनको साथबाट प्रहरीले त्रिपन्न हजार रुपैयाँ र स्कुटर बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell