PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

कोरोनाका कारण अमेरिकामा मर्नेको संख्या लाखको नजिक, ठीक भएर फर्किनेमा पनि अमेरिका नै अगाडि



पहिलोपोस्ट

कोरोनाका कारण अमेरिकामा मर्नेको संख्या लाखको नजिक, ठीक भएर फर्किनेमा पनि अमेरिका नै अगाडि

काठमाडौं : कोरोनाको संक्रमित संख्या विश्वभर ५१ लाख १ हजार ४ सय पुगेको छ। अमेरिकामा मात्रै संक्रमितको संख्या १५ लाख ७६ हजार ८ सय ८९ पुगेको छ भने रसिया र ब्राजिलमा ३ लाखभन्दा माथि संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ।

रसियामा ३ लाख १७ हजार ५ सय ५४ संक्रमित पुगेका छन्। ब्राजिलमा ३ लाख १० हजार ८७ संक्रमित संख्या छ। बेलायतमा २ लाख ५२ हजार २ सय ४६ संक्रमित रहेका छन्। स्पेनमा २ लाख ३३ हजार ३७ संक्रमित छन्। इटालीमा २ लाख २८ हजार ६ जना संक्रमित रहँदा अर्को युरोपेली मुलुक फ्रान्समा संक्रमितको संख्या १ लाख ८१ हजार ९ सय ५१ रहेको छ।

जर्मनीमा १ लाख ७९ हजार २१ र टर्कीमा १ लाख ५३ हजार ५ सय ४८ जना संक्रमित छन्। यता इरानमा १ लाख २९ हजार ३ सय ४१ जना संक्रमित भने भारतमा १ लाख १८ हजार २ सय २६ संक्रमित छन्। एक लाखभन्दा बढी संक्रमित हुने मुलुकमा पेरु पनि छ। त्यहाँ १ लाख ८ हजार ७ सय ६९ जना संक्रमित छन्।

कोरोनाका कारण अहिलेसम्म ३ लाख ३२ हजार ८ सय ७६ जनाले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउनेको संख्यामा अमेरिका एक लाख उन्मुख छ। त्यहाँ अहिलेसम्म ९४ हजार ६ सय ८८ जनाको मृत्यु भइसकेको छ। दोस्रोमा बेलायत रहेको छ जहाँ ३६ हजार १ सय २४ जनाले ज्यान गुमाएका छन्। इटालीमा ज्यान गुमाउनेको संख्या ३२ हजार ४ सय ८६ रहेको छ भने फ्रान्समा २८ हजार २ सय १८ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म कोरोनबाट १९ लाख ४८ हजार १ सय ६ जना निको भएर फर्किएका छन्। निको हुनेमा पनि सबैभन्दा धेरै अमेरिकामा नै रहेका छन्। २ लाख ९८ हजार ४ सय १८ जना अमेरिकामा कोरोना जित्न सफल भएका छन्। जर्मनीमा १ लाख ५८ हजार ८७ जना सुरक्षित भइसकेका छन् यसबाट। स्पेनमा १ लाख ५० हजार ३ सय ७६ जना रोगमुक्त भएका छन् भने इटालीमा १ लाख ३४ हजार ५ सय ६० निको भएर घर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell