PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

चन्द्रागिरि नगरपालिकाले बनायो मनमोहन अस्पतालको भवनलाई क्वारेन्टाइन, १६ जनालाई राखियो



सरला सुवेदी

चन्द्रागिरि नगरपालिकाले बनायो मनमोहन अस्पतालको भवनलाई क्वारेन्टाइन, १६ जनालाई राखियो

काठमाडौं : मनमोहन अस्पतालका लागि बनाइएको भवनलाई चन्द्रागिरि नगरपालिकाले २ सय जनासम्म बस्न मिल्ने व्यवस्थासहितको क्वारेन्टाइनमा परिणत गरेको छ।

लकडाउनको समयमा बाहिरी जिल्लाबाट मानिसहरु उपत्यका भित्रिन थालेपछि नगरपालिकाले आरडीटी परीक्षण गरी आवश्यक देखिएकालाई क्वारेन्टाइनमा राख्न सुरु गरेको हो। मनमोहन हस्पिटलका लागि बनाइएको भवन तयार भए पनि सेवा सञ्चालनमा आइसकेको छैन। नगर क्षेत्रभित्र पनि संक्रमण देखिन थालेपछि नगरपालिकाले वडाका स्कुल र पार्टी प्यालेसलाई क्वारेन्टाइन बनाएको थियो।

अस्पतालको भवनमा सुरुमा ४३ शय्या राखिएको छ। तत्कालका लागि २ सय जनासम्मका राख्ने व्यवस्था मिलाइएको चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीले बताए। 'हामीले हिजोबाट क्वारेन्टाइनमा बस्न आवश्यक देखिएकालाई राख्न सुरू गरेका छौं,' उनले भने।

नगरका १५ वटा वडामा तथ्यांक संकलनसँगै १० वटा वडामा पीसीआर र आरडिटी परीक्षण भइसकेको छ। बाँकी ५ वटामा परीक्षणको काम भइरहेको जानकारी नगरप्रमुख गिरीले दिए।

१० वटा वडाबाट २५ जनामा आरडीटी पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखी पीसीआर परीक्षण गर्ने निर्णय भएको उनले बताए। नगरपालिकाको क्वारेन्टाइनमा बुधवारमात्रै १६ जनालाई राखिएको छ।

पहिलो परीक्षण जनप्रतिनिधि, फ्रन्टलाइनमा खट्ने स्वास्थकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक, कर्मचारीको गरिने उनले बताए। वडा, नगरपालिका, स्वास्थ्यकर्मी, युवा क्लव तथा भवनका सञ्चालक राजेन्द्र पाण्डेसँग समन्वय गरेर क्वारेन्टाइन सुरु गरिएको नगरपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell