PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

क्वारेन्टाइनमै आत्महत्या गर्ने युवकमा कोरोना ! नेपालसँग नजिक बिहारका जिल्लामा संक्रमित थपिँदै



पहिलोपोस्ट

क्वारेन्टाइनमै आत्महत्या गर्ने युवकमा कोरोना ! नेपालसँग नजिक बिहारका जिल्लामा संक्रमित थपिँदै

पटना : पछिल्लो २४ घन्टामा बिहारमा ३ सय १३ कोरोना संक्रमणका नयाँ केस देखा परेको छ। यससँगै बिहारमा १ हजार ९ सय ८७ जना संक्रमित दर्ता भएका छन्। ५ सय ९३ जना कोरोनामुक्त भइसकेको भए पनि आप्रवासी कामदार फर्कनेक्रमसँगै यहाँ संक्रमितको संख्या उकालो लागेको हो। बिहारमा अहिलेसम्म १० जनाको ज्यान गुमिसकेको छ।

वैशाली हाजिपुरको क्वारेन्टाइन केन्द्रमा आत्महत्या गरेका ३० वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको छ। उनी आप्रवासी मजदूर हुन्। 'दिल्लीबाट फर्किएका व्यक्ति जसको मृत्यु भएको छ उनमा कोरोना संक्रमण देखिएको छ,' स्वास्थ्य विभागले भनेको छ।

बिहारका १६ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा सबैभन्दा बढी संक्रमण कटिहार जिल्लामा देखिएको छ। जिल्ला सदरमुकामदेखि नेपालको विराटनगर १ सय २० किलोमिटर दुरी छ। भारत नेपाल सीमा जोगवनी जोड्ने मुख्य राजमार्ग यही जिल्लाबाट पर्छ।

बिहारमा मे ५ यता थपिएका संक्रमितमध्ये ९ सय ९९ जना आप्रवासी कामदार छन्। ती दिल्ली, महाराष्ट्र, गुजरात, हरियाणा र पश्चिम वंगालबाट आएका हुन्। महाराष्ट्र भारतको सबैभन्दा धेरै संक्रमित भएको ठाउँ हो। दिल्ली र गुजरात पनि अत्याधिक कोरोना प्रभावित राज्यमा पर्छन्।

यिनै राज्यबाट बिहार हुँदै नेपालीहरु पनि फर्किरहेका छन्। यसले नेपालमा पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell