_(19).jpg)
काठमाडौं : नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रवार बिहान ९ बजे सार्वजनिक गरेको तथ्याङ्कमा थप ३० जनामा कोरोना पोजेटीभ देखिएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४ सय ८७ पुगेको छ।
संक्रमित हुनेहरुमा सर्लाहीका १५ जना छन् भने कपिलवस्तुका ९ जना छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) त्रिवेणी गाउँपालिकाका १ जना, चितवनको भरतपुर महानगरपालिकाका २ जना, नवलपरासी सुस्ता गाउँपालिका र रामग्रामका ३ जना छन्।
त्यसैगरी कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ९ जना संक्रमित छन्। सर्लाही गोडैता नगरपालिका र रामनगर गाउँपालिका ७ का १५ जना रहेका छन्।