PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

उपचारका लागि भारत गएर फर्किँदा सँगै भित्रियो कोरोना



पहिलोपोस्ट

उपचारका लागि भारत गएर फर्किँदा सँगै भित्रियो कोरोना

काठमाडौं : शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले ३० जनामा कोरोना संक्रमण थपिएको पुष्टि गर्दा दुई जना चितवन भरतपुरका व्यक्ति पनि परे। भरतपुर महानगरपालिका वडा नम्बर ६ केसरबाघ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो।

संक्रमण देखिएका दुवै जना एकै परिवारका भएको खुलेको छ। उनीहरु श्रीमान श्रीमती हुन्। 'उहाँहरु एउटै परिवारका हुनुहुन्छ,' भरतपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हरिविलाश कोइरालाले भने।

उनीहरु भारतबाट उपचारको गराएका फर्किएका हुन्। जेठ ३ गते भारतको इन्दिरा गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका उनीहरुमा नै संक्रमण देखियो। लकडाउनका कारण एम्बुलेन्सबाटै भारतदेखि चितवन आइपुगेका हुन् उनीहरु। त्यसपछि उनीहरुलाई स्थानीयले सुरक्षित साथ होम क्वारेन्टाइनमा राखेका थिए।

'उहाँहरु कसैको सम्पर्कमा आउनुभएको छैन। सचेत हुनुहुन्थ्यो त्यसैले घरमा नै सुरक्षित राखिएको हो,' वडा अध्यक्ष कोइरालाले भने।

बुबाआमासहित उनीहरुका छोरा पनि भारतबाटसँगै आएका थिए। उनीहरु लकडाउन अघि नै भारत उपचारको लागि पुगेका थिए। हिजोमात्र तीनै जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा दुई जनाको पोजेटिभ आएको हो।

'छोराको चाहिँ नेगेटिभ देखिएको छ। उहाँहरु सँगै आउनु भएको थियो,' वडा अध्यक्ष कोइरालाले भने।

संक्रमण देखिएका दुवै जनालाई भरतपुरको कोरोना अस्पतालमा आज बिहानै ३ बजे नै लगिएको छ। अहिलेसम्म चितवनमा ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell