PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पूर्वमन्त्री आलमका भाइ आएको प्रहरीलाई सूचना : घरमा छापा मार्दा स्थानीयको अवरोध, प्रहरीले खोल्यो फायरिङ



पहिलोपोस्ट

पूर्वमन्त्री आलमका भाइ आएको प्रहरीलाई सूचना : घरमा छापा मार्दा स्थानीयको अवरोध, प्रहरीले खोल्यो फायरिङ

काठमाडौं : पूर्वमन्त्री मोहम्मद आफताव आलमको रौतहट स्थित घरमा प्रहरीले राति छापा मारेको छ। बम विस्फोटको घटनामा जिल्ला अदालत रौतहटको आदेशमा आलम अहिले ललितपुरस्थित नख्खु कारागारमा रहेका छन्। मध्यरातमा प्रहरी बम प्रकरणमा मुछिएका अभियुक्त महताव आलमलाई पक्राउ गर्ने प्रहरी रौतहटको राजपुरस्थित आलमको घरमा पुगेको थियो।

तर घरमा प्रहरी छापा मार्न तथा पक्राउ गर्न आएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए। स्थानीयको अवरोधलाई हटाउन प्रहरीले १२ राउण्ड हवाइ फायर समेत गरेको थियो। ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरी र ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक सहितको १० भ्यान प्रहरी टोली महताबलाई नियन्त्रणमा लिन बिहीवार राति १२ बजे अफताब आलमको घर राजपुर–४ राजपुर फरहदवाको घरमा पुगेको थियो।

'स्थानीयले अवरोध गरेपछि हामीले हवाइ फायर गरेका हौं,' प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले भने।

प्रहरीलाई अफतावका भाइ महताव आएको सूचना प्राप्त भएको थियो। तर, घरमा छापा मार्दा भाइ महताव फेला परेनन्। 'हामीले सूचना आएर छापा मारेको हो। तर फेला नपारेपछि फर्किएका हौं,' डिआइजी सिंहले भने।

आलमको अपराध

२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको गर्‍यो। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको थियो। पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।

जिल्ला अदालत रौतहटले उनलाई कार्तिक २९ गते थुनामा पठाउन आदेश दियो। सरकारकी वकिलको कार्यालयले कार्तिक १८ गते रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको थियो। आलम अहिले ललितपुरस्थित नख्खु कारागारमा समय कटाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell