PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

पाटन अस्पतालको आइसोलेसन वार्डमा एक विरामीको मृत्यु



फूलमाया पुरी

पाटन अस्पतालको आइसोलेसन वार्डमा एक विरामीको मृत्यु

काठमाडौं : स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा रहेका एक विरामीको मृत्यु भएको छ।

सम्भावित कोरोना संक्रमितलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिँदै आएको भए उनको मृत्यु कोरोनाका कारण नभएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले जानकारी दिएका छन्।

'एकजनाको मृत्यु भएको हो। तर, उहाँको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ,' शर्माले पहिलोपोस्टसँग भने, 'कोरोनाका कारण उहाँको मृत्यु भएको होइन।'

अस्पतालको आइसोलेसन वार्डमा अहले १२ जना उपचाररत छन्।

चीनमा कोरोना संक्रमणको सुरुवातसँगै पाटन अस्पतालले यसका लागि तयारी सुरु गरेको थियो। अस्पतालले सुरुदेखि नै आइसोलेसन वार्ड तयार पार्नुका साथै पीपीईसमेत उत्पादन गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाएको थियो।

नेपालमा अहिलेसम्म कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या आज बिहानसम्म ४ सय ८७ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell