PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रदेश राहत कोषमा नेपाल बंगलादेश बैंकको ५ लाख सहयोग



पहिलोपोस्ट

प्रदेश राहत कोषमा नेपाल बंगलादेश बैंकको ५ लाख सहयोग

जनकपुरधाम : कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा नेपाल बंगलादेश बैंकले पाँच लाखको सहयोग गरेको छ।

बैंकका प्रदेश कार्यालय बर्दिवास र जनकपुर शाखाका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति थियो।

प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिले पनि सहयोग गरेका छन्।

राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell