PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रवासी मजदुरलाई खाना खुवाउँदै गाडी व्यवस्था गरेर घर पठाउँदै सोनू सूद



पहिलोपोस्ट

प्रवासी मजदुरलाई खाना खुवाउँदै गाडी व्यवस्था गरेर घर पठाउँदै सोनू सूद

बलिउड अभिनेता सोनू सूद लकडाउनका कारण मुम्बईमा फसेका प्रवासी मजदुरलाई घर फर्काउने अभियानमा सक्रिय छन्।

देशभित्रकै विभिन्न राज्य र छिमेकी नेपालका प्रवासी मजदुरलाई खाना खुवाउँदै बसको व्यवस्था गरेर सोनूले मुम्बईबाट पठाउने गरेका छन्। यो कार्य गर्दा उनले सरकारबाट लिनुपर्ने अनुमतिमा भने ढिलाई हुँदा समस्या समेत उत्पन्न भएको छ।

नवभारत टाइम्ससँगको कुराकानीमा सोनूले राज्य सरकारहरुबाट अनुमति लिन समस्या देखिएको बताए। उनले अर्को राज्यको सीमामा रोक नलगाउनेगरी मजदुरको सम्पूर्ण कागजपत्रहरु समेत जाँच गरिरहेका छन्।

सोनूले मित्र नीति गोयलसँग मिलेर मे ११ देखि 'घर भेजो' अभियान चलाएका छन्। हालसम्म उनले २१ बसमा ७५० मजदुरलाई कर्नाटक र उत्तर प्रदेश पठाएका छन्। उत्तर प्रदेशसम्म नेपालीहरु पनि आएका छन्।

साथै १० वटा बस विहार र यूपीका लागि प्रस्थान गरेका छन्। त्यसैगरी पश्चिम बंगाल, झारखंड र आसाममा राज्य सरकारको अनुमति पर्खिरहेका छन्। आउने १० दिनमा एक सय भन्दा बढी बस मुम्बईबाट प्रस्थान गर्ने सोनूले जानकारी दिएका छन्।

६० सिटको बसमा ३५ जना यात्रुलाई सामाजिक दुरी कायम गरेर पठाउने गरिएको छ।

सोनूको समूहले हालसम्म १० हजार मानिसको कोरोना भाइरस परीक्षणसमेत गरेको छ।

प्रवासी मजदूरहरु घर नपुगेसम्म आफू खटिरहने सोनूको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell