PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोनाले रोकिएको चिनियाँ जनकंग्रेस सुरु : महामारीकै बीच ९० लाख रोजगारी थप्ने लक्ष्य



पहिलोपोस्ट

कोरोनाले रोकिएको चिनियाँ जनकंग्रेस सुरु : महामारीकै बीच ९० लाख रोजगारी थप्ने लक्ष्य

वर्षकै ठूलो चीनको राजनीतिक सम्मेलनको रुपमा लिइने राष्ट्रिय जनकंग्रेसको तेस्रो सत्र शुक्रवारबाट सुरु भएको छ।

१३ औं जनकंग्रेसको तेस्रो सत्र शुक्रवार बेइजिङस्थति ग्रेट हल अफ द पिपलमा सुरु भएको हो।

सम्मेलन सुरुवात भएसँगै प्रधानमन्त्री लि खछ्याङले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

त्यस्तै, चिनियाँ कानुन निर्माताहरूले मुलुकी ऐन सम्बन्धी प्रस्तावमाथि आफ्ना धारणा राख्न थालेका छन्।

जनकंग्रेको स्थायी कमिटीका उपाध्यक्ष वाङ चनले शुक्रवार नै मुलुकी ऐन सम्बन्धी प्रस्तावलाई प्रस्तुत गरेका हुन्।

सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीसँगै उच्च नेताहरू सहभागी भएका छन्।

राष्ट्रिय जनकंग्रेसको तेस्रो सत्रमा पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सको राष्ट्रिय कमिटीको बैठकमा दुई हजार ५७ जना केन्द्रीय सदस्यहरू सहभागी छन्।

बैठकका ऐजेन्डाहरू सीपीपीसीसीका अध्यक्ष वाङ याङ नेतृत्वको स्थायी कमिटीको बैठकले पारित गरेको थियो।

समितिको रिपोर्टमा कोभिड-१९ विरुद्ध चिनियाँ राजनीतिक सल्लाहकारहरूले खेलेको भूमिकामाथि छलफल गरिएको उल्लेख छ। यसबीच सल्लाहकार समितिबाट एक हजार तीन सय बढी प्रस्ताव तथा रिपोर्टहरू पेश भएका छन्। २०२० चीनको १३ औं पञ्चवर्षीय योजनाको अन्तिम वर्ष हो। छलफलमा योजनाका उपलब्धीका बारेमा पनि छलफल हुने बताइएको छ।

यस वर्षको छलफलका लागि गत वर्षदेखि सल्लाहकार समूहले पाँच हजार चार सय ८८ वटा प्रस्ताव पेश गरेका छन्। यी प्रस्तावहरू यस बैठकमा छलफल हुनेछन्।

जनकंग्रेसको उद्घाटन कार्यक्रममा प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री लीले कोभिड-१९ पान्डेमिकका कारण लक्षित गरिएको उपलब्धी हालिस गर्न केही कमी आएको बताएका छन्। उनले चीनले आफ्ना छ क्षेत्रको सुरक्षामा ध्यान दिएर छ फ्रन्टको सुरक्षा हुने बताए। यससँगै आर्थिक स्थायित्व हासिल हुने उनको भनाइ थियो।

छ क्षेत्र भन्नाले रोजगारी सुरक्षा, आधारभुत आवश्यकता, बजार, सञ्चालन, खाद्य तथा उर्जा सुरक्षा, स्थिर औद्योगिक तथा बजार सन्तुलन, प्राथमिक तह सम्मको सरकार सञ्चालनलाई बुझिन्छ।

प्रधानमन्त्री लीले वर्ष २०२० मा ९० लाख शहरी रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत प्रस्तुत गरेका छन्। उनले यस वर्ष ग्रामिण क्षेत्रमा पूर्ण रुपमा गरिबी निवारण गरिने बताएका छन्।

'हाल र आउँदै गरेको केही समय चीनले यस अघि नबहोरेको जोखिम तथा चुनौतीहरूको सामाना गर्ने छ,' उनले भने, 'यद्यपि, हामीसँग हाम्रो पृथक राजनीतिक तथा संस्थागत सामर्थ्य छ, बलियो आर्थिक जग छ, सयौं लाख क्षमतावान तथा परिश्रमी जनता छन्।'

उनले यस वर्षका लागि तय गरिएका लक्ष्य प्राप्तिका लागि चीनसँग सामर्थ्य रहेको बताए।

हरेक वर्ष मार्चमा हुँदै आएको जनकंग्रेस यसपटक कोभिड-१९ पान्डेमिकका कारण पछाडि धेकेलिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell