PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

शहीद स्मारक ए डिभिजन लिगको टेक्निकल रिपोर्ट सार्वजनिक, दक्षिण एसियाकै पहिलो भएको शेर्पाको दाबी



पहिलोपोस्ट

शहीद स्मारक ए डिभिजन लिगको टेक्निकल रिपोर्ट सार्वजनिक, दक्षिण एसियाकै पहिलो भएको शेर्पाको दाबी

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले आज ए डिभिजन लिगको टेक्निकल रिपोर्ट सार्वजनिक गरेको छ। दशरथ रंगशाला परिसरमा भएको कार्यक्रममा एन्फा पदाधिकारी तथा राखेपका सदस्य सचिवको उपस्थितिमा टेक्निकल रिपोर्ट सार्वजनिक गरेको हो।

कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले यो दक्षिण एसियाकै पहिलो कदम भएको दाबी गरेका छन्।

‘टेक्निकल रिपोर्टको ड्राफ्ट हेर्दा म अत्यन्त हर्षित थिएँ,’ कर्मछिरिङ शेर्पाले भने, ‘पछि फिफा एएफसी तथा अरुसँग कुरा गर्दा साउथ एसियामै पहिलो पटक यस्तो रिपोर्ट भएको थाहा पाएर खुशी भएँ।’

त्यस्तै टेक्निकल कमिटीका संयोजक उपेन्द्रमान सिंहले अध्ययन गरेर यो टेक्निकल रिपोर्ट निकालेको दाबी गरे। उनले क्लबहरुले खेल्ने स्टाइल फर्मेसन, स्ट्राटेजी लगायतका विषयहरुलाई समावेश गरेको बताए।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले टेक्निकल रिपोर्टका लागि ठूलो मेहेनत गरेको देखेको बताए।

उनले खेलहरुमा धेरै दर्शक आउनसक्ने वातावरण बनाउनुपर्ने र खेललाई व्यवस्थित गर्दै लैजानुपर्ने देखेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell