PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

इदुल फित्रमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव



पहिलोपोस्ट

इदुल फित्रमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव

काठमाडौं : सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इदुल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता अर्थ तथा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले विदाबारे सैद्धान्तिक निर्णय भएको बताउँदै धर्म गुरुहरुले दिन तय गरेपछिमात्र मिति तोकिने पनि जानकारी दिए।

त्यस्तै, बैठकले नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय पनि गरेको छ।

त्यसैगरी मन्त्रिपरिषद्ले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्नका लागि ल्याइएको ऐनको साविककै व्यवस्था जगाउने अध्यादेश २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ।

यस अघि जारी गरी खारेज भएका अध्यादेश र पुराना कानुनलाई फेरि जगाउने विधेयक स्वीकृत गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। यी दुई अध्यादेशका कारण प्रधानमन्त्री चर्को आलोचनामा फसेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell