PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

सीमाबाट आउनेक्रम बढेसँगै लेटाङ नगरपालिका तीन दिन सिल



पहिलोपोस्ट

सीमाबाट आउनेक्रम बढेसँगै लेटाङ नगरपालिका तीन दिन सिल

काठमाडौं : तीन दिनका लागि लेटाङ नगरपालिका सिल गरिने भएको छ।

बिहीवार नगरपालिकाले एक सूचना जारी गर्दै शुक्रवार राति १२ बजेदेखि सोमवार रातिको १२ बजेसम्म नगरपालिका सिल गर्ने उल्लेख गरेको छ।

कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाउन सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले जानकारी दिए।

छिमेकी जिल्ला झापा र मोरङमै पनि कोरोना संक्रमण देखिएकाले नगरपालिकामा जोखिम कम गर्न सिल गर्नुपरेको उनले बताए।

त्यस्तै, नगरपालिकाभित्रका औषधी पसल, अत्यावश्यक एम्बुलेन्स सेवा अत्यावश्यक ढुवानीका सवारीसाधन बाहेकका उद्योग धन्दा, व्यापार व्यवसाय, होटल तथा रेष्टुरेन्ट, दूध फलफूल तरकारी पसल लगायतका सबै बन्द गर्ने उक्त सूचनामा बताइएको छ।

भारतीय सीमाबाट नेपाल भित्रिने क्रम नरोकिएको र लुकिछिपी आउने गरेकाले जोखिम बढ्न सक्छ,’ दाहालले भने, ‘अत्यावश्यक सेवा बाहेकका अन्य सबै बन्द गरिने भएको हो।’

दाहालका अनुसार लेटाङ नगरपालिका भर २६ वटा क्वारेन्टाइनको व्यवस्था गरिएको छ। जसमा यस अघि नै भारत वा तेस्रो मुलुकबाट आएका ५० जनाको आरडीटी परीक्षण गरिएको छ। ती सबैको रिपोर्ट नेगेटिभ आएकाले होम क्वारेन्टाइनमा बस्न भनिएको छ। यहाँ हालसम्म कुनै संक्रमित देखिएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell