काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाका नवजात शिशुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।
गत १ गते कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाका नवजात शिशुसहित आफन्तहरुलाई धुलिखेल अस्पतालको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको थियो।
आइसोलेसन कक्षमा उपचार गराइरहेका उनीहरुको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। यसैबीच अस्पतालमा नवजात शिशुको पीसीआर टेष्ट दोहोर्याकएर गरिएको थियो। दुवैपटक नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्ति जारी गर्दै जनाएको छ।
नवजात शिशुलाई शुरुमा हल्का जण्डिस देखिएको थियो। साथै बिहीवार शिशुमा स-साना विमिराको समस्या देखिएको थियो।
'शुक्रवार बाल रोग विशेषज्ञबाट परीक्षण गर्ने कममा नवजात शिशुको हल्का जण्डिस र शरीरमा स-साना विमिराको समस्या निको भएको र नवजात शिशु डिस्चार्ज गर्न योग्य भएको निष्कर्ष दिएको कारण सबैजनालाई यस धुलिखेल अस्पतालबाट डिस्चार्ज गरिएको छ,' अस्पतालले जारी गरेको वक्तव्यमा उल्लेख छ।
उनीहरुलाई डिस्चार्ज गरिएपछि थप एक हप्ता सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्नुपर्ने समेत अस्पतालले जनाएको छ।
एक हप्ता पछि क्वारेन्टिनवाट डिस्चार्ज गर्नुपूर्व आरडीटी टेष्ट गर्नुपर्ने समेत अस्तालले जानकारी दिएको छ।
यसबीच नवजात शिशु वा परिवारका अन्य सदस्यमा कोभिड १९ का लक्षण देखा परेमात्र पीसीआर टेष्ट दोहोऱ्याउनु पर्ने जानकारी गराएको छ।