PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता



पहिलोपोस्ट

संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता
फाइल फोटो

काठमाडौं : मन्त्रिपरिषद्को निर्णय अनुसार निशान छापभित्र अंकित नक्सा परिवर्तनका लागि संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता भएको छ।

उक्त प्रस्ताव दर्ता भएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको थियो।

सरकारले अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नक्सा बुधवार सार्वजनिक गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell