PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

बुवाको स्मृतिमा दिएको आर्थिक सहयोगले कर्णालीमा बन्यो आइसीयू र भेन्टिलेटर



पहिलोपोस्ट

बुवाको स्मृतिमा दिएको आर्थिक सहयोगले कर्णालीमा बन्यो आइसीयू र भेन्टिलेटर

सुर्खेत : कुमारी ट्रस्टले कोरोना भाइरससँग लड्नका लागि कर्णाली प्रदेशमा एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तण गरेको छ।

स्वास्थ्यको पूर्वाधार कमजोर रहेको कर्णालीमा जुम्ला बाहेक अन्य जिल्लाहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। सुर्खेतस्थित प्रदेश अस्पताललाई एउटा भेन्टिलेटरसहित ५ वटा आइसीयू बेड, इसीजी मेसिन, प्यासेन्ट मनिटर लगायत ७० लाख रुपैयाँ बराबरको सामग्री दिएको छ।

प्रदेशका अन्य ९ जिल्ला अस्पतालहरुमा प्यासेन्ट मनिटर, अक्सिजन कन्सेन्ट्रेटर, डेलिभरी बेड म्यानुअल लगायत सामग्री दिइएको छ। उक्त सामग्री जिल्लाहरुमा ३० लाख रुपैँया बराबरको रहेको छ।

नेपाली कांग्रेसका पूर्वसांसद राजीव विक्रम शाहले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। उनले कोरोना महामारीसँग लड्न स्वास्थ्य पूर्वाधार बलियो बनाउनुपर्नेमा जोड दिदैँ उक्त सामान दिइएको बताए।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी माया राणाले बुवा प्रभाकर समशेर राणाको स्मृतिमा ट्रष्टलाई आर्थिक सहयोग गरेकी हुन्। मायाले स्वर्गीय पिताको वार्षिक पुण्य तिथिको अवसरमा उक्त आर्थिक सहयोग रकम उपलब्ध गराएको नेता शाहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell