PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४० जिल्लामा पुग्यो संक्रमण



पहिलोपोस्ट

थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४० जिल्लामा पुग्यो संक्रमण

काठमाडौं : थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार बाँके जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये भेरी अस्पतालमा परीक्षण गरिएका १८ देखि ६१ वर्षका पुरुषहरु छन्। जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन्।

त्यस्तै संक्रमित मध्ये कैलालीका तीन जना रहेका छन्। कैलालीका १९, २३ र २६ वर्षका व्यक्तिमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै मोरङ रतुवामाईका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै आज डडेल्धुरा र बैतडीमा नयाँ संक्रमण पुष्टि भएको छ। डडेल्धुराका २८ वर्षका पुरुष र बैतडीका २२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएसँगै संक्रमण फैलिने जिल्ला ४० पुगेका छन्।

योसँगै संक्रमितको संख्या पाँच सय सात पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell