PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

हिरासतमा रहेका युवकमा कोरोना पुष्टि : चैतमा भारतबाट इन्ट्री, युवती हत्या प्रकरणमा पक्राउ परेका



एम बम

हिरासतमा रहेका युवकमा कोरोना पुष्टि : चैतमा भारतबाट इन्ट्री, युवती हत्या प्रकरणमा पक्राउ परेका

कैलाली : जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा २२ दिनदेखि रहेका एक युवकमा कोरोना पुष्टि भएको छ।

बैतडीको शिवनाथ गाउँपालिकाका २३ वर्षका युवक २२ दिनदेखि हिरासतमा छन्। उनी गत चैत ६ गते भारतको मुम्बइबाट घर फर्किएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले बताए।

गत वैशाख १५ गते एक युवती मृत अवस्थामा खोलामा फेला परेको घटनामा अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको उनको भनाई छ। उनले भने, ‘युवतीका आफन्तको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि युवक थुनामा थिए।’

थुनुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको उनले बताए।

उनले मुद्दा फाँटमा काम गर्नेदेखि अन्य उनको सम्पर्कमा आएका सबै प्रहरीको पीसीआर परीक्षण आवश्यक रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell