PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कैलालीका पछिल्ला तीन संक्रमित : लकडाउनमा लुकीछिपी भारत, नेपालगञ्ज र इटहरीबाट आएका



एम बम

कैलालीका पछिल्ला तीन संक्रमित : लकडाउनमा लुकीछिपी भारत, नेपालगञ्ज र इटहरीबाट आएका

कैलाली : कैलालीमा आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरीले उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको खोजी सुरु गरिसकेको जनाएको छ। आज कोरोना पुष्टि भएका कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षे युवकको सम्पर्कमा रहेकाहरुको खोजी कार्य शुरु भएको हो।

गाउँपालिकाको वडा नम्बर ४ र ७ का उनीहरु भारतको महाराष्ट्र, नेपालगञ्ज र इटहरीबाट आएको खुलेको छ।

उनीहरु मध्ये भारतबाट आएका संक्रमित जेठ १ गते कैलालीको कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए। उनलाई सीमा नाकाबाटै गाँउपालिकाको गाडीले उद्धार गरी क्वरेन्टाइनमा ल्याएको भए पनि उनी संगै आएका अन्य २ जना भने पैदलै घर पुगेका थिए। उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ।

जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोमनका अनुसार ट्रकमा सहचालकको काम गर्ने अर्का संक्रमित ब्यक्ती सुनसरीबाट खाद्यन्न लोड गरी आएको ट्रकमा वैशाख ३० गते लम्की उत्रिएका थिए। उक्त ट्रक कन्चनपुरको महेन्द्रनगर पुगी पुनः ईटहरी फर्केको बुझिएको छ। उनी मुनुवामा आफनो हजुरआमालाई भेटेको र त्यसपश्चात गाँउलेहरुले थाह पाई वडाध्यक्षलाई जानकारी दिई क्वरेन्टाइन राखिएको बताईएको छ।

यस्तै नेपालगञ्जबाट आएका युवक जेठ ३ गते गाउपालिका पुगी आफ्नो घर जाँदै गर्दा बाटोबाटै क्वारेन्टाइनमा राखिएको जानकी गाँउपालिकाका स्वास्थ्य संयोजक जीतबहादुर चौधरीले जानकारी दिए। संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell